प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएको यो निर्णय कार्यान्वयन गर्ने फाइल अर्थमन्त्री जनार्दन शर्माले सोमबार सदर गरेका छन् । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन । नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।