काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा भारत र श्रीलङ्का गोलरहित बराबरी खेलेका छन् । यसले नेपाललाई फाइदा हुने छ । किनकी नेपालले भारतको सामना गर्दा नेपाल भन्दा बढी भारत दवावमा रहने छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले श्रीलंकाविरुद्ध गोलका अवसर निकाल्दा पनि गोल गर्न सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । ११ वटा प्रहार गर्दा पनि गोल हुन सकेन ।
बराबरीपछि भारतको दुई खेलबाट मात्र २ अंक भएको छ । यसले भारतलाई फाइनलमा पुग्न कठिन हुनेछ । किनकी लिगको शीर्ष दुई टीम मात्र फाइनल पुग्ने छन् । नेपाल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो स्थानमा छ । आज पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् । नेपालको तेस्रो खेल आइतवार भारतसँग रहेको छ ।