विराटनगर विमानस्थल आजबाट संचालनमा

विराटनगर । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारबाट सञ्चालनमा आएको छ । दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्न मिल्ने गरि विमानस्थल आंशिक रुपमा खुलेको छ । रात्रिकालिन उडान भने तत्काल हुने छैन । दुई दिनसम्म उपकरणहरुको परीक्षण गर्नुपर्ने भएकाले रात्रिकालिन उडान नभएको बताइएको छ । बिहान देखि साँझ ५ बजेसम्म मात्र यहाँ जहाज जाने छन् । तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।