इस्तानबुल । टर्कीले अन्तर्राष्ट्रिय राजनीतिलाई नै तरंगित हुने गरि एक फैसला लिएको छ । जसअनुसार अब टर्कीमा अमेरिकासहित १० वटा मुलुकका राजदूतलाई अश्विकार गरिने छ । अर्थातः यहाँ यी मुलुकले राजदूत खटाउन सक्ने छैनन् । यो फैसला त्यहाँका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले सार्वजनिक गरेका हुन् । अमेरिका, जर्मनी, फ्रान्ससहित १० मुलुकका लागि टर्कीले यस्तो निर्णय लिएको हो । अहिले टर्कीमा रहेका यी मुलुकका राजदूतले समेत अब सो मुलुक छाड्नु पर्नेछ ।
खासगरि यी मुलुकका राजदूतहरुले टर्कीका एक अभियन्ता ओस्मान कवालाको रिहाईको माग गरेका थिए । सोहीकारण राष्ट्रपति अर्दोआनले ती मुलुकका राजदूत नै अश्विकार गर्ने ठूलो फैसला लिएका हुन् । कवाला पछिल्लो चार वर्षदेखि जेलमा छन् । टर्कीले अमेरिका, फ्रान्स, फिनल्याण्ड, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, नर्वे र स्वीडेनका राजदूतहरुलाई अश्विकार गरेको हो ।
यसअघि यी राजदूतले संयुक्त अपिल मार्फत उनको रिहाईको माग गरेका थिए । अर्दोआनले शनिवार एक जनसभालाई संबोधन गर्दै अर्काको देशमा आएर कुनै पनि देशका राजदूतले आफ्नो विदेश मन्त्रालयलाई आदेश दिने दुस्साहस गर्न नसक्ने बताए ।