आज अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल आउँदै

काठकाडौं । आज अमेरिकाबाट १ लाख डोज भाइजर खोप नेपाल आउँदैछ । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त भएको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप नेपाल आउन लागेको लागेको हो । यो अनुदानमा आउने खोप हो । अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई दिइसकेको छ । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले उल्लेख गरेको छ । यो खोप यसअघि बालबालिकालवाई दिने तयारी थियो । तर, कम डोज भएका कारण दीर्घ रोगीलाई दिइने भएको छ । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी रहेको र सो आएपछि भने बालबालिकाले पाउने बताइएको छ ।