काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा गरेकी छिन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेकी उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको उल्लेख गरिन् । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा गरेसङ्गै बागमती प्रदेश सरकार रिक्त भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले प्रदेश सभामा सम्बोधन गरेकि थिइन् । उनले सोही सम्बोधनमार्फत राजीनामा घोषणा गरिन। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गरेकि हुन् । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमती प्रदेश मुख्यमन्त्री पदबाट शाक्यले गरिन राजिनामा
