काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी साता भेटवार्ता हुने भएको छ । स्कटल्यान्डको ग्लास्गो सहरमा आयोजित कोप–२६ मा दुबै नेता सहभागी हुँदैछन् । सो अवसरमा आयोजना हुने साइडलाइन वार्तामा देउवा र मोदी भेट्न लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन आगामी साता हुँदैछ । सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री देउवाले गर्दैछन् ।
साइडलाइन वार्ताका लागि नेपालले अनुरोध गरेकोमा भारतले स्वीकार गरेको हो । प्रधानमन्त्री देउवा कात्तिक १३ लण्डन प्रस्थान गर्दैछन् । यो देउवाको पाँचौं प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण हो । यसअघि नेपालमा
प्रधानमन्त्री बन्नासाथ भारतले पहिलो निम्तो दिने गरेको थियो । देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग समेत भेट्ने छन् ।