काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने वा तोड्ने भन्ने विषय नेपालकै हातमा रहेको पुनः दोहोर्याएको छ । आइतबार वक्तव्य जारी गर्दै एमसीसीले पुनः यस्तो प्रतिक्रिया दिएको हो । एमसीसीबारे अहिले नेपालमा मौनता छ । केही समय पहिले एमसीसीका पदाधिकारीले नेपाल भ्रमण गरेका थिए । सो बेला अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै अब बाँकि काम नेपालको हातमा रहेको बताइएको छ ।
तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट बञ्चित हुने भन्दै सचेत समेत बनाइएको छ । एमसीसी सम्झौता अनुमोदनमा ढिलाई हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधा जोखिममा पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।