काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडामा उल्लेख छ । पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन् ।
अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ । यसअवधिमा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रा र ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।