अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी महारथी ब्राजिल र अर्जेन्टिना बुधबार बिहान बराबरी खेलेका छन्। आजको खेल जितेको भए अर्जेण्टिनाले कतार विश्वकप २०२२ को टिकट पक्का गर्ने थियो । बराबरीपछि अर्जेण्टिनाले थप खेलमा मिहिनेत गर्नुपर्ने भएको छ । ब्राजिल भने छनोट भइसकेको छ । अर्जेन्टिनाको घरेलु मैदानमा खेल भएपनि कप्तान लियोनल मेसी प्रेरित घरेलु टीमले मौकाको फाइदा उठाउन सकेन ।

बराबरीपछि ब्राजिलले छनोटका १३ खेलमा ३५ अंक जोडेको छ। यो टीम समूहको शीर्ष स्थानमा छ । अर्जेन्टिना समान १३ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलबाहेक यो समुहबाट थप ३ टोलीले विश्वकप खेल्ने छन् । समूहको तेस्रो स्थानमा इक्वेडर छ । उसको २० अंक मात्र रहेका कारण अर्जेण्टिनाले अब कम्तिमा एक बराबरी खेले मात्र पनि छनोट हुन सक्छ ।