कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशसभाका मुख्यमन्त्री जीवन बहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिएका थिए । मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।