सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन

AP Images

सिंगापुर । संसारका विकसित मुलुक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग तर्सिरहेको सयममा सिंगापुरले एक वहस शुरु गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन कोरोनाका अन्य भेरियन्ट भन्दा बढी खतरनाक रहेको बारे कुनै प्रमाण नभएको उल्लेख गरेको छ । मन्त्रालयले यस भाइरस विरुद्ध लड्न पर्याप्त समय रहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस बढी संक्रामक भनिए पनि अहिले सम्म मृत्युको आंकडा आएको छैन ।

खासगरी बेलायत, अमेरिकासहितका मुलुकले नयाँ भाइरसले खोपलाई समेत निष्प्रभावी बनाउने बताइरहँदा सिंगापुरले यसलाई खण्डन गरेको हो । यसबारे कुनै सवुत प्रमाण नभएको मन्त्रालयको भनाई छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार न्यूज एशिया च्यानलमा मन्त्रालयको यो खाविबारे समाचार प्रसारण भएको हो ।

सिंगापुरमा नयाँ भेरियन्टको एक बिरामी पुष्टी भएका छन् । उनी ट्रान्जिटका लागि विमानस्थल झरेका थिए । उनी सिंगापुरबाट अष्ट्रेलिया पुगे । जहाँ विमानस्थलमा उनलाई नयाँ भेरियन्ज्ट भएको पुष्टी भयो ।