नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन आजबाट भारत भ्रमणमा आउने भएका छन् । भारतमा बढ्दो असुरक्षाका बीच सरकारले उनी अवतरण हुने समय भने सार्वजनिक गरेको छैन । तर, भारतीय संचारमाध्यमले उनी भारतीय समाय अनुसार दिउँसो २ बजे दिल्ली विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । साथे उनको यो भ्रमण निकै छोटो हुने छ ।
अर्थातः उनी आजै साढे ९ बजे स्वदेश फिर्ता हुने छन् । नयाँ दिल्लीमा पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताको समय तय भएको छ । यो भ्रमणलाई चीन र अमेरिकाले समेत चासोका साथ हेरेका छन् । पुटिनले प्रधानमन्त्री मोदीसँगै रुस भारत वार्षिक शिखर सम्मेलनमा समेत भाग लिने कार्यक्रम छ ।
यस दौरान रुसी हतियारको भारतमा उत्पादन, भारतले खरीद गरेको मिसाइल सिस्टमको डेलिभरी, नौसेनाले खरीद गरेका जहाजको डेलिभरी, भारत र चीनबीचको तनाव, अफगानिस्तान मुद्दा र अन्य द्धिपक्षीय मामिलामा वार्ता हुने बताइएको छ । आफ्नो सैन्य क्षमता बढाउने भन्दै भारतले रुसबाट ठूलो संख्यामा हातहतियार तथा सिमाइल खरीद गर्न सम्झौता गरिसकेको छ ।