अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने भएको छ । यो कूटनीतिक बहिष्कार भएका कारण अमेरिकी खेलाडी भने खेलबाट वञ्चित हुने छैनन् । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

बीबीसीका अनुसार गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको ूउत्सवू मा योगदान नगर्ने बताएकी छिन् ।

साकीले अमेरिकी सरकारले ुुयो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताइन् । अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्युको सङ्ज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने बताएको थियो । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक कपटपूर्ण कार्य र राजनीतिक पहलुको सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।