भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

GETTY IMAGES

कर्नाटका । भारतीय सेनाका सबैभन्दा उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । भारतीय वायुसेनाले ट्वीट गरि यो खरबको पुष्टी गरेको हो । यसअघि उनी सवार हेलिकोप्टर बुधबार बिहान दुर्घटनमा परेको थियो । हेलिकप्टरमा कुल १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको सेनाले पुष्टी गरेको छ । एक जनाको गम्भीर अवस्थामा उपचार जारी छ ।

ANI

रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशका ठूला नेताले दुर्घटनामा ज्यान गुमाएका जनरल रावतप्रति श्रद्धाञ्जली व्यक्ति गरेका छन् । भारतीय वायु सेनाको एमआई १७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको छ । जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुन ।

उनी गत जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त भएका थिए । रावतसँगै उनकी पत्नीको पनि निधन भएको छ । सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो ।