भक्तपुर । भक्तपुरमा एक जनाको कुटपिटबाट हत्या भएको छ । आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेको खुलेको हो ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो मङ्गलवार राति कुटपिट गरी फर्माले हानेर हत्या गरिएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा बालकोट बस्ने राजनकै साथी हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक पक्राउ परेका छन् । उनीहरुले श्रेष्ठसँग लिएको ऋण तिर्न नपरोस भनि हत्या गरेको बयान दिएका छन् ।