काठमाडौं । च्याम्पियन्स लिगमा बार्सिलोनाले पछिल्लो दुई दशकयताकै कमजोर प्रदर्शन गरेको छ । टीम समूह चरणबाटै बाहिरिएको हो । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले हारेसँगै बार्सिलोनाको यात्रा टुंगिएको हो । लियोनल मेसीको अनुपस्थितिमा बार्सिलोना निकै कमजोर बनेको छ । लालिगामा समेत यो क्लव ८ औं स्थानमा छ । यो टीम यसअघि सन् २०००\०१ सिजनमा समूह चरणबाट बाहिरिएको थियो।
बायर्नको घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले समान १-१ गोल गरे। यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो। बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो। समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डेनामो किएभलाई २–० ले हराउँदै समूह उपविजेताको रूपमा अन्तिम १६ मा पुग्न सफल भयो।