काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ ।
अब नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्। २५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।