पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना

काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज किन रकम आवश्यक रहेको भन्दै् सरकारसँग १५ अर्ब रुपैयाँ लगानी माग गरेको छ । यस्तो लगानी पूँजीका रुपमा गर्न र नेपाल एयरलाइन्सलाई बचाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आग्रह गरे । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै उनले यसका लागि सरकारको साथ आवश्यक रहेको बताए ।


मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने जानकारी समेत गराए । रकम पुँजी वृद्धिका लागि प्राप्त होस् भन्ने चाहेको भन्दै यसले कर्मचारीको तलबमा नलगाई जहाज खरीदमा खर्च गर्ने उनको भनाई छ । उनका अनुसार निगमले जग्गाको उचित व्यवस्थापन, भएका जहाजको अधिकतम उपयोग र नयाँ जहाज खरीद गरि गन्तब्य बिस्तारको योजना बनाइरहेको छ ।