काठमाडौं । नेपालले पुस अन्तिम साताबाट कोरोना खोपको बुस्टर डोज वितरणको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमबाट बुस्टर डोज दिइने छ । बुधबार नियमित प्रेस ब्रिफिंगमा उपस्थित भएका मन्त्री खतिवडाले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने बताए ।
सरकारले खोप लगाएदेखि अहिले सम्म दुइ करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको जनाएको छ । कुल जनसंख्याको ४१ Þ१ पहिलो मात्रा ३२ .२ प्रतिशत पूर्णमात्रा लगाएका छन् । लक्षित जनसंख्यामा ६२ .५ प्रतिशत ले एक मात्रा र ४९.१ प्रतिशत पुर्णमात्रा खोप लगाएका छन् ।
विश्व स्वास्थ्य संगठनले लक्षित समुहका ५० प्रतिशत नागरिकले पुर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलन थालेपछि बुस्टर डोजसमेत वितरणको दवाव बढेको हो । मन्त्री खतिवडाले १२ वर्ष देखि १७ वर्षका सबै बाल-बालिकालाई खोप लगाउन समेत आग्रह गरेका छन् ।