नयाँ दिल्ली । भारतीय जनता पार्टीले एकै महिनामा दुई वरिष्ठ नेता गुमाएको छ ।
पूर्वविदेश मन्त्री शुष्मा स्वराजको निधन भएको केही साता भित्रै पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिबार निधन भएको हो ।
भारतमा अर्थतन्त्रलाई यूटर्न दिएर धेरै सुधारका काम उनका पालामा भएको हो ।
करमा एकरुपता ल्याउने जीएसटी प्रणालीदेखि नोटबन्दी गरी कालोधन बाहिर ल्याउने प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अभियानका शुत्रपात जेट्ली थिए ।
भारतीय संचारमाध्यमहरुका अनुसार ६६ वर्षीय जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको हो । उनी मृगौला प्रत्यारोपण गरेका बिरामी थिए ।
क्यान्सरबाट पनि पिडित उनी ९ अगस्टमा अस्पतालमा भर्ना भएका थिए ।
डाक्टरको सल्लाहमा अमेरिका, बेलायतसम्म उपचार गरी स्वदेश फर्किएका जेट्लीको स्वास्थ्य अवस्था पछिल्लो समय झनै बिग्रिएको थियो ।
भारतीय जनता पार्टीले दोसो पटक निर्वाचनमा बहुमत लिएर सरकार बनाउने बेला पनि उनलाई प्रधानमन्त्री मोदीले जिम्मेवारी लिन खोज्दा स्वास्थ्य अवस्था कै कारण लिन मानेका थिएनन् ।
यसअघि पूर्वविदेशमन्त्री स्वराजले पनि स्वास्थ्यको कारण नै देखाउँदै नयाँ मन्त्रीमण्डलमा सहभागी हुन मानेकी थिइनन् ।
वरिष्ठ नेता जेट्लीको निधनमा भाजपा अध्यक्ष अमित शाहले गहिरो दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मादी अहिले वैदेशिक भ्रमणका सिलसिलामा विदेशमा छन् ।
दुबईको राजकीय भ्रमणमा रहेका मोदीले जेट्लीका परिवारसँग सम्पर्क गरी समवेदना व्यक्त गरेका छन् ।
राजनीतिमा आउनु अगाडी जेट्लीको करियर एक वकिलका रुपमा शुरु भएको थियो ।
उनको अन्तिम संस्कार आइतबार हुने पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् ।
एजेन्सी