काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ ।
बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै सिस्टम ठीकठाक रहेको समेत जनाएको छ । धम्की आइसकेपछि बैंकले सतर्कता अपनाएको समेत बताएको छ ।