काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाउने निर्णय लिएको।छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलोपटक यहाँ पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार सो मुलुकले बिहिवारबाट रात्रिकालीन कर्फ्यु हटाएको हो ।
देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको समाचारमा उल्लेख छ । दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् । विश्व स्वास्थ्य संगठनले भने अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ