माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास भइरहेका कारण प्रक्रिया रोकिएको हो ।

आइतबार बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी रहेको छ । शनिबार दिउँसो साढे दुई बजे स्थगित भएको बन्दसत्र साँझ पौने ७ बजे पुनः सुरु गरिएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव राखेका थिए ।