आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ ।

संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने छ । संसदमा एमालेले भने विगत लामो समयदेखि अवरोध गरिरहेको छ । आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले विरोध जारी राखेको हो ।