काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । सो प्रयोजनका लागि आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाइएको छ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए । त्यससङ्गै माओवादीको आठौँ महाधिवेशन सकिएको हो ।
खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको हो । माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । प्रचण्ड पुन: आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित छ । उनी ३१ वर्षदेखि नेतृत्वमा छन् ।