नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी ३२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ७७७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।