काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।
प्रधानमन्त्री देउवाको साथमा २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेका हुन् ।