काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो । यो घटनाले पछिल्लो समय युवा जमात कसरी बाचिरहेको छ भन्ने एक तथ्य उदांगो् पारिदिएको छ । काठमाडौं महानगरपालिका–६ कपनमा यो जोडी ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ ।
खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई र सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको भेट भने एक महिना अगाडी मात्र भएको र प्रेममा परेपछि उनीहरु लिभिङ टुगेदरमा बसेको पाइएको छ । प्रहरीका अनुसार उनीहरु पब्जी खेलबाट नजिकिएका थिए । झण्डै एक महिनादेखि सँगै बस्थे । उनीहरु प्रायजसो कोठा भित्रै बस्ने गरेको र रातीसम्म पब्जी खेल्ने गरेको् समेत छिमेकीहरुले बताएका छन् ।
उनीहरुका अविभावक भने गाउँमै थिए । काठमाडौंमा आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भीर अवस्थामा फेला परेको परिवारको भनाई छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ । युवतीको शरीरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ देखिएको छ ।