काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शक्ति बस्नेत र उनकी पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पहाडीले सामाजिक सञ्जालमार्फत श्रीमान श्रीमती नै कोरोना भएर होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्। ‘तेस्रोपटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा’, उनले लेखेकी छन्।
पार्टीको आठौँ महाधिवेशनमा सहभागी भएका नेताहरूलाई एकपछि अर्कोलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैगरी माओवादी केन्द्रका नेताहरू मातृका यादव, हरिबोल गजुरेलल पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएकै दिन केन्द्रीय सदस्य ७६ वर्षीय दिनानाथ शर्मालाई पनि पुष्टि भएको छ ।