काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अत्यावश्य काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह गरेको छ । हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइमा नजान आह्वान गरेको हो । कार्यालयले विज्ञप्ति निकाल्दै जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइमा विमानस्थल नजान भनेको हो ।
विमानस्थलमा अनावश्यक भिडभाड नगर्न भन्दै हवाई यात्रामा स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्न समेत कार्यालयले भनेको छ । यस्तो मापदण्ड पालना गर्न सरोकारवालासँग समेत आह्वान गरिएको छ । कोभिड –१९ को जोखिमलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास समेत वितरण रोकेको छ ।