काठमाडौं । नेकपा एमालेले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर २५ जनाभन्दा धेरैको उपस्थितिमा पार्टी तथा जनसङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मनाथ अधिकारीले प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर गर्दै यस्तो निर्देशन दिएका हुन् । कोरोनाको तेस्रो लहरसम्बन्धी सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न उनले निर्देशन दिएका छन् । पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै नागरिकको सेवामा सक्रिय रहन समेत निर्देशनमा भनिएको छ ।
एमालेले भन्यो : २५ जना भन्दा बढी उपस्थित भई कार्यक्रम नगर्नु
