काठमाडौं । नेपालमा खोप अभियान प्रभावकारी बनाउन सरकारले कार्ड बाध्यकारी बनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । खोप लगाउन योग्य नागरिकले समेत बेलैमा खोप नलगाएका कारण ठूलो मात्रामा खोप थन्किएको छ । तर, पछिल्लो समय बढ्दो संक्रमणका बीचमा भने नागरिकहरुले भिडभाड गरि खोप लगाइरहेका छन् ।
७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
