काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।