आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान

काठमाडौं । नेपालमा आजबाट मौसम पुनः प्रतिकुल बन्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । यस अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना छ । यसले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना रहेको विभागको भनाई छ ।

आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने छ । बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि हुन सक्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ ।