काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।
बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जेठमै हुनुपर्ने बताएका हुन् । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि बताए ।
अध्यक्ष ओलीले भने, ‘संविधानको सही कार्यन्वयनको जिम्मेवारी सरकारको हो । सरकारले फागुनभित्र निर्वाचन गरि सक्नुपथ्र्यो । हामीले पटक-पटक सरकारलाई भनिरहेका थियौँ । तर गठबन्धन सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यासभन्दा बाहिर गयो । संघीयताको कार्यन्वयन गर्न छाडेर सत्ता स्वार्थमा केन्द्रित हुँदा निर्वाचन पनि नहुने सम्भावना बढ्यो । त्यसकारण स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुनुपर्छ । सरकारले भाग्न पाउँदैन् । ’
त्यसैगरी उनले कोरोनाविरुद्धको २४ लाख डोज खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको समेत आरोप लगाएका छन् । ‘कठिन मिहिनेतबाट आएको कोरोनाविरुद्धको खोप हरायो भन्नु गम्भीर विषय होु । यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे। तर हाम्रोमा छानबिन पनि हुँदैन। ’ अध्यक्ष ओलीले भने ।