वासिङ्टन डिसि | अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । यो खबरलाइ अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको पुष्टि गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ ।
‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई धन्यवाद छ, हामीले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेका छौं’ बाइडेनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । सैन्य कारबाहीमा सहभागी अमेरिकीहरु सकुशल रहेको समेत रास्ट्रपतिले जानकारी गराएका छन् ।
कारबाहीको वाइडेनले आफ्ना उपराष्ट्रपति र राष्ट्रपतिका सुरक्षा सल्लाहकार टिमका सदस्यहरुसँगै बसेर अनुगमन गरेका थिए । सैन्य कारबाहीमा ६ बालबालिका र चार महिलासहित थप १३ जनाको मृत्यु भएको समेत खबर छ ।