काठमाडौं । नेपालमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा प्राप्त सफलताका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिमा पूर्ण खोप दिएसँगै नेपालले खोप अभियानमा कोशेढुङ्गा पार गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई दिएको हो ।
‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्विटरमामा भनेको छ । नेपाल सरकारले चैतसम्म १८ वर्षमाथिका शतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य लिएको छ ।