रुपन्देही । वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द भएको छ । विमानस्थल प्रशासनका अनुसार शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।
विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमडाै जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरू समस्यामा परेका छन् । मर्मतपछि शनिवारदेखि मात्रै सञ्चालनमा आउनेछ । शुक्रबार मौसमका कारण देशभरको उडान प्रभावित बनेको छ ।
टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द
