काठमाडौं । आजबाट जनकपुर–जयनगर रेल नियमित चलाइने भएको छ । तर, रेलमा तत्काल यात्रु राख्ने भने योजना छैन । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आइतबार बिहान १० बजेबाट चलाउने कार्यक्रम छ । भारतको जयनगर हुँदै जनकपुरधाम(कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर फकाइनेछ । नेपाल रेल्वे कम्पनीका अनुसार बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्नेछ ।
त्यसपछि कुर्था पुगेर पुनः जयनगर फर्किने छ । १० दिनसम्म रेल यसैगरि चलाइने छ । १८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्न रेल गुडाउन लागिएको हो । यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्न परीक्षण स्वरुप रेल गुडाउन लागिएको हो । नेपाल र भारतका प्रधानमन्त्रबिाट संयुक्त रुपमा उद्घाटन भएपछि भने रेलले यात्रु बोक्न थाल्ने छ ।