पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश

काठमाडौं । आइपिएल २०२२ को अक्सनको पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । कुल १० टीमले खेलाडी भित्राउन करोडौं रपैयाँ खर्च गरिरहेपनि सन्दीपका लागि भने कुनै पनि टीम इच्छुक देखिएनन् । दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो। अनसोल्ड खेलाडीलाई आज अन्तिम पटक टिमहरूको कोटा पूरा गर्न न्यूनतम मूल्यमा पुनः अक्सनमा राखिन्छ ।

झिनो आशाबाहेक सन् २०२२ मा आइपीएलमा नेपाली खेलाडी देख्न सकिने आशा समेत करीव सकिएको छ । अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गरेका थिए । अक्सनको अन्तिम सूचीमा सन्दीप मात्र परेका थिए । अक्सनमा सन्दीपले न्यूनतम मूल्य ४० लाख भारू राखेका छन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् ।