एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

काठमाडौं । एमसीसीको विषयमा अघिल्लो साता अमेरिकी मन्त्रीले नेपाली नेताहरुलाई धम्की दिएको खबर सार्वजनिक भएको थियो । यो खबरलाई नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले खण्डन गरेका छन् । उनले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको स्पष्टिकरण दिएका हुन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन हुने धम्की आएको भन्ने खबर झुट रहेको दावि गरे ।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई फोन गरी एमसिसीबारे कुराकानी भने गरेका थिए । सो क्रममा उनले नेताहरुलाई धम्क्याएको खबर बाहिरिएको थियो । राजदूत बेरीका अनुसार टेलिफोन कुराकानीमा सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूले गरेको प्रतिवद्धता पूरा गर्न सम्झाएको मात्र बताए । राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्ध निकै फराकिलो भएकाले एउटा सम्झौताले मात्रै त्यो निर्धारण नहुने उल्लेख गरे ।