मुम्बई । हिन्दी फिल्ममा डिस्को संगितलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगित निर्देशक बप्पी लहरीको निधन भएको छ । उनको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा गत राती ११ बजे निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार ६९ वर्षिय लहरीले १९७० देखि ८० को दशकमा हिन्दी संगितको माहोल नै परिवर्तन गराइदिएका थिए ।
उनले डिस्को डान्सर तथा शराबी जस्ता फिल्ममा लोकप्रिय स्वरका साथ गित गाएका थिए । उनले अन्तिम गित फिल्म बागी ३ का लागि सन् २०२० मा गाएका थिए । उनको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको हो । आफ्ना पिता समेत गायक भएका कारण उनलाई संगितमा आउन सहज भएको थियो ।