सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ ।

बुधबार भने पुनः पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना छ । त्यसपछि बुधवार र बिहीवार देशका धेरै ठाउँमा पानी पर्नेछ । तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा बुधवार र बिहीवार वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।