जसरी पनि एमसीसी पास गर्न कुन शर्तमा एमालेलाई फकाउलान् प्रधानमन्त्रीले ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनलाई अब सहकार्य गर्न नसकिने जानकारी गराइसकेका छन् । किनकी गठबन्धनमा रहेका अन्य दल एमसीसी सम्झौता पास गर्न नहुने पक्षमा छन् । एमसीसीबारे छलफल गर्न शुक्रबार संसद् बैठक बस्दैछ । त्यस अगाडी नै एमालेलाई फकाएर सहमतिमा ल्याउने दाउमा छन् प्रधानमन्त्री ।

एमाले पनि विगतमा आफुले गरेको गल्ती ढाकछोप हुने गरि उत्पन्न परिस्थितिका कारण मख्ख छ । उसले चाहेजस्तै प्रधानमन्त्रीले गठबन्धन टुटाउन तयार भएका छन् । यो अवस्थामा अब दुई ठूला दलबीच सत्ता साझेदार, सभामुख माथि महाअभियोगसहित अन्य प्याकेजमा सहमतिको सम्भावना रहेको बताइएको छ । दुई दलबीचको छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी छ । यही मेसोमा एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडानलाई कार्यान्वयन गर्न सक्नेछ ।