काठमाडौं । एसिसिबारे शुक्रबार पनि दलहरू निस्कर्षमा पुग्न सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता बिना निस्कर्ष सकिएसङ्गै
एमाले र काङ्ग्रेस बीच समेत पुनः सहमतिको संभावना कम हुँदै गएको आङ्कलन गरिएको छ । शुक्रबार बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्वार खोलिदिनुहोस भन्ने माग दोहो-याएको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई जानकारी गराए ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताए । प्रधानमन्त्रीले सबै दल ठूलो संघर्षका प्राप्त लोततन्त्रको यात्राका सहयात्रीे भएको र प्रजातान्त्रिक मुल्यमान्यतामा सबै एक ठाउँमा रहन जुरुरी छ भन्ने विचार राखेको उनले बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताउनु भएको मन्त्री कार्कीले जानकारी गराए ।
एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरुले पूरानै माग संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको र त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको जानकारी दिए ।
आजै सत्तारूढ दलको बैठक बसेको थियो । सो बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेन ।
एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास
