काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लव सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन बनेको छ । लिगमा क्लव अपराजित छ । क्लवले शनिबार उपाधी उचालेको हो । दशरथ रंगशालामा सम्पन्न अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको गोल क्लवको जितमा निर्णायक बन्यो । मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो ।
लगातार ११ खेलमा मछिन्द्रले गोल खाएको थिएन । तर, एपीएफले भने एक गोल फर्काउन सक्यो । मछिन्द्रको ३५ अंक भएको छ । क्लवले १३ चरणका खेलमध्ये कुनैमा पनि हार बेहोर्नु परेन । एपीएफले १५ अंकसहित प्रतियोगिता सकायो । मछिन्द्रले वर्ष ०७६ मा पहिलो पटक माथिल्लो डिभिजनको लिग उपाधि उचालेको थियो । क्लवले लगातार दोस्रो उपाधी जितेको हो ।