पेट्रोलियम पदार्थको मूल्यले उचाई छुँदै, निगमले एकै पटक बढायो लिटरमा ५ रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै राती १२ बजेबाट लागु हुने छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपाली उपभोक्तासम्म परेको छ । रुस र युक्रेन युद्धको असर कच्चा तेलको मूल्यमा परेको हो । मूल्य बढ्दा पनि निगमलाई सबैजसतो पेट्रोलियम पदार्थमा भने घाटा छ । जसका कारण १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।