च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि नतिजा रियलको पक्षमा आएको हो ।

पिएसजी ३–१ गोलले हारेको छ । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । सान्टियागो बर्नबेउमा बुधबार राति खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १(० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।