पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुस माथि लगाएको प्रतिवन्धले रुसलाई सकारात्मक प्रभाव नै पार्ने बताएका छन् । पुटिनले रुसको एक मुख्य साझेदार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग मस्कोमा भेट्दै यस्तो बताएका हुन् । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्धले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् । अर्थतन्त्र र प्रविधिको सम्प्रभुतालाई बलियो बनाउन यस्तो प्रतिवन्धको समय अवसरका रुपमा रहेको उनको दावि छ ।

रुसी र युक्रेनी अधिकारीहरूबिच जारी वार्तामा ‘सकारात्मक’ विकासक्रम देखिएको समेत उनले बताएको अतर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । केही सकारात्मक संकेत आफुले पाएको भन्दै उनले आशा व्यक्त गरेको समेत समाचार छ । युक्रेन(बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका छन् । उता, बिहीबार युक्रेन र रुसका विदेशमन्त्रीबीच टर्कीमा भेट वार्ता भएको छ । यी वार्ता निष्कर्षमा भने पुगेको छैन ।